Logo

केपी ओली र प्रचण्ड पुरै असफल भए : कमल थापा (भिडियोसहित)



भदौ ३, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघिय व्यवस्थाका कारण मुलुक असफलताको वाटो तर्फ अघि बढेको बताए ।

राप्रपा संगठन विभागले आईतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले अहिले देखा परेको कमी कमजोरी र असफलता संघिय व्यवस्थाका कारण नै भएको बताए । उनले अहिलेको असफलता केवल व्यक्तिको असफलता मात्र नभएर प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको स्थानमा काग्रेस सभापति शेर वहादुर देउवा भएको भएपनि परिस्थीति अहिलेको भन्दा दोव्वर खतराको अबस्थामा पुग्ने बताए ।

अध्यक्ष थापाले अहिलेको कमजोरी र असफलता नीतिगत व्यवस्थाको असफलता भएको तर्क गरे । उनले संबिधानले दिएको स्वतन्त्रताको अधिकारलाई टेकेर फरक बिचार बोकेर हिडेको भन्दै अब आफ्नो एजेण्डालाई स्थापीत गर्न शसक्त रुपले अघि बढ्नुपर्ने बेला आएको बताए ।

अध्यक्ष थापाले राष्ट्रवादीहरुले फुटेर नभई जुटेर अघि बढ्ने बेला आएको उल्लेख गरे । कार्यक्रममा सक्रिय कार्यकताहरुलाई सदस्यता प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot