Logo

संसदमा देउवा : बलात्कारीलाई सरकारले संरक्षण दिएको आरोप (भिडियोसहित)



भदौ १०, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि कारबाही गरेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै देउवाले दोषी जोगाउन सरकार नै लागेपछि न्याय माग्न कहाँ जाने भनी प्रश्न गरेका थिए । ‘कञ्चनपुर घटनाकमो अनुसन्धानमा भएको ढिलाइले राज्यको कमजोरी छर्लङ्ग भएको देवाले बताए । दोषीलाई जोगाउन स्वयंं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ? भनेर देउवाले प्रश्न गरेका थिए ।

अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्न गर्नु अपराधको पराकाष्टा नै हो भन्दै देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए ।

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले सरकारले न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाँया बनाउन खोजेको आरोपसमेत लगाए ।

प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई संवैधानिक परिषदबाट अनुमोदन गर्ने र संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले दोहोरो चरित्र देखाएको पनि उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot