Logo

बिमस्टेक ग्रिडबारे हस्ताक्षर हुने, यी हुन तय भएका १६ एजेण्डा



काठमाडौं, १२ भदौ । आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बिमस्टेक ग्रिडबारे हस्ताक्षर हुने भएको छ ।

विमस्टेक शिखर सम्मेलनको एजेण्डाका विषयमा छलफल गर्न मंगलबार काठमाडौंमा बसेको परराष्ट्र सचिवस्तरीय बैठकले विमस्टेक ग्रिडबारे सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

बैठकमा विमस्टेक शिखर सम्मेलनमा छलफल हुने १६ वटा एजेन्डा पनि तय गरिएको छ । कनेक्टिभिटी, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद, अपराधजस्ता विषयलाई शिखर सम्मेलनमा छलफल गर्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए ।

बैठकले सम्मेलनपछि घोषणापत्र जारी गर्ने निर्णय पनि गरेको छ ।बिहिबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी ओलीले शिखर सम्मेलनको उद्घाटन गर्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot