Logo

‘देश भक्ति फुल्दै रहोस् , तमीलाई शुभेच्छा’-भीम रावल



काठमाडौं । पूर्व-गृहमन्त्री एव्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रियता र आफ्नो संस्कृतिलाई जोगाउन सम्पूर्ण नेपालीहरु एक भएर लाग्नुपर्ने बताएका छन् ।

राजधानीको टुडिखेलमा प्रसंशा संरक्षण नेपालले आयोजना गरेको गौरा पर्व कार्यक्रममा नेता रावलले यस्तो बताएका हुन । उनले भने,‘मधेशमा जन्मेको मानिस कालो हुन्छ, हिमालमा जन्मेको मानिस सेतो हुन्छ, कसैको जात के छ, कसैको धर्म के छ, आखिरमा जे भएपनि उ नेपाली हो, त्यसैले हामी सबै नेपालीले राष्ट्रियता र संस्कार, संस्कृतिको जर्गेनागर्न तर्फ लाग्नुपर्छ, हाम्रो शिर उठाउन सकौं, गौरा पर्वको अवसरमा यहि कामना गर्दछु।’

नेता रावलले केही देउडा गीतहरु वाचन गरेका थिए

‘समय होईजाउ निक्कै बलियो,देश होईजाउ धनी ।
कोही पनि दिग्दार नहुन बेसहारा बनी ।

सुदरपश्चिम सुन्दर होईजाउ हाम्रो लागौ बल,
हाम्रा पाईला उभाई बाईजान नहउन अलमल ।

यहि मेरो मनको धोको यहि छ मेरो ईच्छा ।
दशेभक्ति फुल्दै रहोस् तमिलाई शुभेच्छा ।।

यहाँआया पर्व भव्य रुपमा मनाए सबैकन धन्यवाद ।’

तस्बिर-मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot