Logo

“हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म संविधान दिवस मनाउँदैनौँ”



नेपालगञ्ज, १ असोज । राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताएका छन् ।

बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले भने, “हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ ।”

भेलामा पार्टीका कार्यकर्ता र केन्द्रीय नेताबीच पार्टी सङ्गठन, मुलुकको राजनीति र विकास निर्माणलगायतका विषयमा छलफल गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot