Logo

प्रतिनिधिसभाका १० वटै विषयगत समितिको सभापति निर्विरोध निर्वाचित (नामसहित)



काठमाडौं, ४ असोज । प्रतिनिधिसभाका १० वटै विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनका लागि आज उम्मेदवारी दिने कार्यतालिका रहेको थियो । जसमा दश वटै विषयगत समितिका सभापतिका लागि एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ ।

१. सार्वजनिक लेखा समितिमा भरतकुमार शाह,

२. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी,

३. अन्तराष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल,

४. कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल

५. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सभापतिमा विमलप्रसाद श्रीवास्तव,

६. महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल 

७. राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ

८. अर्थ समितिमा कृष्णप्रसाद दाहाल

९. शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती 

१०. विकास तथा प्रविधि समितिमा सभापतिको कल्याणी कुमारी खड्का  

सबै विषयगत समितिको सभापतिमा १/१ जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका हुन् ।  निर्वाचित हुनेमध्ये सार्वजनिक लेखा समितिमा मात्रै कांग्रेसले नेतृत्व पाएको छ ।

शुक्रबार ती सबै समितिको ११ बजे बस्ने बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको छ । शुक्रबार नै निर्वाचित सभापतिहरुको सपथ ग्रहण सभामुख कृष्णबहादुर महराले गराउनेछन् । सपथसँगै नवनिर्वाचित सभापतिहरुले पदभार ग्रहण छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot