Logo

सामना शाह अभिनयमा जम्दै ‘स्विकार मेरो मायालाई’ (भिडियोसहित)



काठमाडौं । पछिल्लो समयमा गित संगीतमा इन्ट्री भएकि मोडल तथा गीतकार सामना शाहको अभिनयमा ‘स्विकार मेरो मायालाई’ बजारमा आएको छ । सामना अभिनयमा पोक्त सबै संग मिलनसार सजिलै घुलमिल हुन सक्ने मोडलको रुपमा एक परिचित नाम हो ।

जाजरकोट जन्म भएकी सामना केहि गर्नको निमित्त २०७४ सालमा काठमाडौँ आएकी थिइन् । अहिले सम्म करिब ६ वटा गीतको शब्द लेखिकी तथा ५ वटामा अभिनय गरेकी छिन ।

पछिल्लो समयमा भने सामनाको अभिनयमा ‘स्विकार मेरो मायालाई‘’ बजारमा आएको हो । निर्मल सिंहको आबाज, शब्द अनि संगीत राजेको उक्त गीत वाउ नेपालबाट सार्बजनिक भएको हो ।

भिडियोमा राजेश, दिल सामनाको दमदार अभिनय देख्ने सकिन्छ । छायाँकार डीबी रेउलेको छायांकन रहेको उक्त भिडियोको निर्देशन राजेश पायलले गरेका हुन् । भिडियोको सम्पादन मिन रावलले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot