Logo

‘छठ सबैको साझा पर्व’



बुटवल, २६ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जातीय र सांस्कृतिक विविधताले भरिएको नेपालमा विभिन्न जाति र समुदायले मनाउने पर्व सम्पूर्ण नेपालीको अमूल्य निधि भएको बताउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले छठ पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा समाजका पर्व र संस्कृतिले एकता, भ्रातृत्व र मेलमिलापको वातावरण बनाइरहेको तथा कुनै समय कुनै समुदायविशेषले मनाउने छठ पर्व अहिले सबै नेपालीका साझा बन्दै जानु नेपाली समाजका लागि सुखद् विषय भएको बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्वको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेको बताउँदै समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा जुट्न सबैमा आग्रह गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot