Logo

स्व.सन्तोष बानियाँको सिर्जना रहेको गीत सार्वजनिक



काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिंदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली’ माया प्रेमका भाब समेटिएको कारुणिक गीत “चोट” बजारमा आएको छ ।

यस गीतमा बिगत निकै लामो समय यता संचार क्षेत्रमा क्रियासिल एवं लोक प्रिय सर्जक साहस भट्टको लय रहेको छ । उनले यस अगी पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ, मुटुको घाउ, जामाना नि के आयो लगाएतका थुप्रै गीतहरुमा आफ्नो सिर्जना सजाएर बजारमा पठाइसकेका छन् ।

त्यसै गरी “चोट” बोलको गीतमा नेपाली लोक तथा दोहोरी गीत संगीतमा नै आफ्नो जिबन समर्पण गरेका सर्जक सन्तोष बानियाँले यस गीतमा शब्द भरेका छन् । सर्जक सन्तोषको केहि महिना अगाडी मलेसियामा रहंदा निधन भैसकेको छ । तसर्थ उनको सृजनाले सजिएको यो गीत नै सायद अन्तिम सिर्जना हुन सक्दछ ।

स्वर्गीय सन्तोषले बिभिन्न गीत संगीतमा आफ्नो सिर्जना सजाउनु मात्र होइन केहि गीतमा स्वर पनि भरिसकेका छन् । कुलेंद्र बिस्वकर्मा र सिमा चन्द द्वारा स्वर बद्ध यस गीतको म्युजिक भिडियोमा आश लाग्दा नव मोडल बिस्व राईले अत्यन्त लोभ लाग्दो अभिनय गरेका छन् ।

साथमा सारिका के.सीको पनि निकै मन छुने अभिनय यस गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ । बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् ।

https://www.youtube.com/watch?v=cUbrs89mr00

 



प्रतिक्रिया दिनुहोस्

Screenshot