Logo

एनटिभी प्लस लोकदोहरी सञ्चालनको तयारीमा



काठमाडौँ,१ मङ्सिर । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले एनटिभी प्लसले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताए ।

प्रत्येक हप्ताको सोमबार साँझ ७ः३० बजे प्रसारण हुने उक्त कार्यक्रम वरिष्ठ गायक बद्री पङ्गेनलीले सञ्चालन गर्ने भएका छन। सो कार्यक्रममा मुलुकभर छरिएर रहेका लोकदोहोरी गायक गायिकाको सहभागिता रहनेछ ।

उक्त कार्यक्रमको छायाङ्कनस्थलका लागि एनटिभी प्लस र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर बीच शुक्रबार सम्झौतासमेत भएको छ । कार्यक्रममा एनटिभी प्लसका प्रमुख मनोहरि थापाले करीब २५ वर्षअघि नेपाल टेलिभिजनले लोकदोहोरी कार्यक्रम शुरु गरेको जानकारी गराएका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot