Logo

सुदुरपश्चिम प्रदेशमा जात्राको रौनकता शुरु



हरिश चन्दः डडेल्धुर । तिहार पर्व सकिए लगत्तै सुदुरपश्चिम प्रदेशका पहाडि जिल्लामा जात्राको रौनकता शुरु भएको छ । सुदुरपश्चिम प्रदेशका डडेल्धुरा, वैतडी, दर्चुला लगायत सातवटै जिल्लामा जात्राको रौनकता शुरु भएको छ ।

यस प्रदेशका पहाडि जिल्लाका विभिन्न देवी देवताका मन्दिरमा राती र दिनमा जात्रा लाग्ने गरेका छन् । धान खेती भित्र्याई गहुँ पनि छरिसके संगै किसानहरु फुर्स्िदला हुनुका साथै घरमा अन्नपनि प्रयाप्त हुने भएकाले यो समयमा परम्पराकाल देखी जात्रा गर्ने प्रचालन अनुसारनै हुने गरेको संस्कृतविद वताउँछन् ।

तिहार सकिए लगत्तै शुरु भएका जात्रा विशेगा गरी माघ महिना सम्म हुने गरेका छन् । पहाडि जिल्लामा जात्रा हुन थालेपछि पहाडवाट वसाईसरी देशका भागका साथै कामका लागि भारत गएकाहरु प्नि आफ्नो पुर्खेयौली थलो आउने थालेका छन् । गाउँ गाउँमा जात्रा हुन थालपछि सहर वजार भन्दा पनि यहाका गाउँमा चहपहल वढेको छ ।

दिनहु जसो जात्रा लाग्न थालपछि गाउँ गाउँमा दमाहको आवाजले झनै रौनकता छाएको स्थानियको भनाई रहेको छ । जात्राले यस प्रदेशको परम्परगत संस्कृतिको संरक्षण गर्नुका साथै गाउँमा व्यापार व्यावसायमा समेत वृद्धि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot