Logo

नेपाल–अफ्रिका चलचित्र महोत्सव अर्को सातादेखि



काठमाडौँ,३ मङ्सिर । आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ । नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन सिजेएमसीले उक्त चलचित्र महोत्सव गर्न लागेको हो । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा दुई दिनसम्म हुने महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ वटा चलचित्र प्रदर्शनी गरिने महोत्सवका निर्देशक डा मञ्जु मिश्रले जानकारी गराइन ।

महोत्सवमा चलचित्र विदेशी चलचित्र निर्देशकसमेत उपस्थित रहनेछन् । महोत्सवमा इजिप्टको ‘नासिर ५६’, स्वीजरल्याण्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित चलचित्र छायालगायतको प्रदर्शन गरिनेछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot