Logo

चौलोको प्रख्यात वडाल मेला सम्पन्न-भिडीयोसहित



हरिश चन्द–काठमाडौँ,३ मंसिर । डडेल्धुरा जिल्लाको उग्रतारा मेला पछिको दोस्रो ठूलो (वडाल जाँत)मेला सम्पन्न भएको छ । गन्यापधुरा गाउँपालिकाको वडा न.२ वडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला काक्तिक शुक्ल दशमीको दिन राती (रतेडी) र एकादशीको दिन दिवामेला लाग्ने परम्परा रहिआएको छ । बडाल जाँतको दिनमा बिहान भागेश्वरमा चौलो जाने र त्यहाँबाट छत(कपडाबाट बनाइएको छाता जस्तो घुमाउने)ले तालमा ढोग गर्ने र स्थानीय देउवाहरुले तरवालले शरण खेलेपछि दिवा मेलाको शुभारम्भ हुने परम्परा रहिआएको छ ।

बिहानको चौलो हेर्न तलको लिङकमा जानुहोस

जिल्लाकै एक महत्वपुर्ण शक्तिपिठको रुपमा रहेको लाटागन्याप देवताको मन्दिरमा लाग्ने यो पटकको मेला भर्नकालागी गन्यापधुरा गाउँपालीका सहित अन्य स्थानिय तह र तराईका जिल्ला कैलाली र कञ्चनपुरवाट समेत भक्तजनको सहभागीता रहेको थियो ।
मेला स्थल सम्मै सडकको राम्रो पहुँच भएकाले गत वर्षको भन्दा यो वर्ष भक्तजनहरु उल्लेखनीय सहभागीता रहेको मेला आयोजक समितिले जानकारी गराएको छ ।

वडाल जाँतको रुपमा चिनीने यो मेला डडेल्धुराको पश्य गर्खाकै एक शानको रुपमा चिनीने गरेकोे छ । बिशेषतः तिहारको दशौ दिनमा लाग्ने यो मेलाको मौका पारेर देश–परदेशमा रहेका स्थानीयहरु घर फर्की आउने चलन रहिआएको छ । मेलामा स्गथानिय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापार समेत हुने गरेको छ । यहाँ मेला भर्नकै लागी भारतको उत्तर प्रदेशबाट समेत ब्यापारीहरुको सहभागीता रहने गर्दछ । रतेडीको राति उपासना गरि बिहान लाटागन्याप देवताको पुजाअर्चना गरेमा मनोकामना पुरा हुने धार्मीक जनविस्वास रहिआएको छ ।( स्थानीय भाषामा मेलालाई जाँत भन्ने गरिन्छ)



प्रतिक्रिया दिनुहोस्

Screenshot