Logo

श्रृंखला खतिवडालाई जिताउन (नेकपा) नेताहरूले मागे भोट !



काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएर बुबाआमा धर्ना बसिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरू भने सुन्दरी जिताउने अभियानमा लागेका छन् । एमाले पृष्ठभूमि भएका नेताहरूले विश्व सुन्दरी प्रतियोगितामा भाग लिन पुगेकी श्रृंखला खतिवडाका लागि सामाजिक सञ्जालहरूबाट धमाधम भोट मागेका छन् । भोट माग्ने सूचीको अग्रस्थानमा नेकपाका स्थायी समितिद्वय शंकर पोखरेल र योगेश भट्टराई छन् ।

पूर्वएमालेबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद विरोध खतिवडाकी छोरी श्रृंखला खतिवडाका लागि कम्युनिस्ट नेताहरूले भोट मागेका छन् । सुन्दरी प्रतियोगिता हुनु हुँदैन भन्ने एमालेका नेताहरू अहिले भने धमाधम सुन्दरी जिताउने अभियानमा लागेपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

पोखरेल प्रदेश ५ का मुख्यमन्त्री समेत हुन् । उनले आफ्नो फेसबुक वालमा श्रंखलाको भिडियो सेयर गरेका छन् । श्रृंखला खतिवडालाई जिताउन सामाजिक सञ्जालमा अभियान चलाए जस्तै निर्मला पन्तका दोषीलाई कारबाही गराउन अभियान किन नचलाएको भनेर फेसबुक र ट्वीटरमा एमाले पृष्ठभूमि भएका नेताहरूमाथि प्रश्न पनि उठेका छन् ।

सांसद समेत रहेका भट्टराईले पनि श्रंखला खतिवडाका लागि भोट मागेर सामाजिक सञ्जाल रंगाएका छन् । श्रंखलाका लागि भट्टराईले ट्वीटर र फेसबुकबाट भोग मागिररहेका छन् । मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडा चीनमा भैरहेको मिस वर्ल्ड प्रतियोगिताको लागि प्रतिस्पर्धामा छिन् । २३ वर्षीया श्रृंखला खतिवडा पूर्वएमालेका नेता बिरोध खतिवडाकै छोरी भएका कारण पोखरेल, भट्टराईसहितका नेताहरूले भोट मागेका हुन् ।

किन भने यसअघि पनि नेपालका प्रतिनिधित्व गरेर नेपाली युवतीहरू मिस वर्ल्ड प्रतियोगितामा भाग लिन गएका थिए । उनीहरूका लागि एमालेका नेताहरूले कहिल्यै भोट मागेका थिएनन् । किन भने श्रृंखला खतिवडा एमाले हुन् । एमाले पृष्ठभूमि भएका अधिकांश नेताहरूले श्रृंखला खतिवडाका लागि धमाधम भोट मागिरहेका छन् ।

भोटिङमा श्रृंखला अगाडि रहेको पूर्वएमालेका नेताहरूले बताएका छन् । मिस वर्ल्ड प्रतियोगितामा १ सय २१ देशका सुन्दरीहरू सहभागी छन् ।श्रृंखला खतिवडाका बुवा विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा जितेका छन् । तत्कालीन एमालेबाट उनले टिकट पाएका थिए । श्रृंखला खतिवडाकी आमा मुनु सिग्देल खतिवडा पनि तत्कालीन मकवानपुर एमालेको जिल्ला अध्यक्ष भैसकेकी छिन् । साभार



प्रतिक्रिया दिनुहोस्

Screenshot