Logo

भारतीय रियालिटी शोमा जिताउन मेनुकालाई सहयोग



बनियानी, ६ मङ्सिर । भारतीय रियालिटी शो ‘सारेगम’मा विजय गराउन झापा हल्दिबारी–४ की दृष्टिविहीन गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेलले गत वर्ष कान्तिपुर टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल हुनुभएको थियो ।

हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा पर्नुभएको छ । प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उहाँलाई जिताउन आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot