Logo

फर्निचर उद्योगमा आगलागी, ६ करोडको क्षति



काठमाडौँ, १० मङ्सिर । युएन पार्क नजीकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा ६ करोड बराबरको क्षति भएको छ । आगलागी अहिले नियन्त्रणमा आएको छ ।

आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot