Logo

‘महाअभियान’ र ‘बेटी पढाउँ-बेटी बचाउँ’ एकसाथ अघि बढ्छः नायिका थापा



रौतहट, १३ मंसिर । प्रदेश नम्बर २ को रौतहट जिल्लाको प्ररोहा नगरपालिकाको आयोजनामा ‘छोरीको निम्ती स्वर्णिम नेपाल महा अभियान’ संकल्प सम्मेलन सम्पन्न भएको छ । लोकप्रिय नायिका एवम अभियान्ता रेखा थापाले ‘छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान’ र बेटी पढाउँ–बेटी बचाउँ’ अभियान एकसाथ अघि बढ्ने बताईन ।

नायिका थापाले भनेकी छन्,‘नेपाललाई छोरी भएर जन्मेकोमा गर्व लाग्ने देश बनाउनु हामी सबैको साझा दायित्व हो । बेटी पढाउ–बेटी बचाउ’ भन्ने प्रदेश सरकारको अत्यन्तै दुरदर्शी मिसनलाई हरेक नागरिकले आफ्नो तर्फबाट संकल्पको रुपमा साथ दिऔं । हाम्रो जीवनकालमा यो भन्दा ठूलो सौभाग्य आउने छैन, जब नेपाल छोरीको निम्ती स्वर्णिम देश बन्नेछ ।’

विश्वका नारीहरुले नेपालमा जन्मीनु पर्ने रहेछ भन्ने खालको देश बनाउने उद्देश्यले सञ्चालन गरिएको महा अभियान लिएर आफ्ने जन्मभूमि प्रदेश नम्बर दुईमा पुगेकी नायिका थापालाई प्रदेश सरकारले साथ दिईरहेको छ । प्रदेश नम्बर दुई शिक्षा, मानव सुचांक लगायतका आकडामा पछि परेको भन्दै नायिका थापा बाँकि दिनहरुमा अलि बढि समय खर्चिने बताउछिन् ।

नायिका थापा भन्छिन्,‘यहाँ अशिक्षा छ, गरिबी छ, मलाई के नपुगेको थियो र ? तर म एक जिम्मेवार नागरिक भएको कारण आफ्नो प्रदेशको सम्पूर्ण स्तर माथि उठाउन चाहन्छु, यहाँ दाईजो, जातीय विभेद, नागरिकता, लगानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै कामहरु बाँकि छन्, अब हामीले सबैले मिलेर काम गर्नुपर्छ, मेरो अभियान देशभर चल्छ, तर प्रदेश सरकारले सञ्चालन गरेको छोरी पढाउ, छोरी बचाउ अभियानमा मेरो पनि साथ छ भन्नलाई म यहाँ आएकी हुँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot