Logo

रङ्गशाला निर्माणकालागि महापुराण



काठमाडौँ,२१ मंसिर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं २ एकतीनमा रङ्गशाला निर्माणका लागि श्रीमद् भागवत सप्ताह महापुराण आयोजना गरिएको छ ।

फालेलुङ–२ एकतीनमा निर्माण थालिएको फालेलुङ रङ्गशालाको ऋण चुक्ता गर्न तथा निर्माण सम्पन्नताका लागि सहयोग सङ्कलन गर्ने उद्देश्यका साथ बिहीबारदेखि महापुराण आयोजना गरिएको हो ।

जिल्लाकै नमूना रङ्गशालाका रुपमा विकास गर्ने उद्देश्यका साथ निर्माण थालिएको उक्त रङ्गशालाका लागि २० रोपनी जग्गा खरीद भइसकेको छ । उक्त जग्गा खरीदवापतको रकम भुक्तानी गर्ने, रङ्गशाला निर्माणको कार्यलाई अघि बढाउने, शिवगङ्गा, आगेजुङ, महादेवस्थान, जोरपोखरीलगायत पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महापुराण आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए।

महापुराणको पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले शुभारम्भ गरेका थिए । सो अवसरमा सांसद थापाले धार्मिक कार्यमार्फत खेलकूद क्षेत्रको विकासमा लगानी गर्ने प्रयत्न गरिनु प्रशंसनीय रहेको जानकारी गराए।

उनले धार्मिक सहिष्णुता अभिवृद्धि, खेलकूद र पर्यटन प्रवद्र्धनमा महापुराण सफल हुने विश्वास व्यक्त गरे । महापुराणमा पण्डित होमनाथ ढुङ्गेल प्रमुख कथावाचक रहेका छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot