Logo

रियल मड्रिडलाई फिफा क्लब विश्वकपको उपाधि



काठमाडौं, ८ पुस । स्पेनिस क्लब रियाल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति युएईको आबुधाबीमा भएको फाइनलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४– १ ले हराउँदै रियालले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

खेलमा रियाललाई विजयी गराउन लुका मोड्रिच, मार्कस लोरेन्ते र सर्जियो रामोसले एक–एक गोल गरे । अल आइनका याहिया नादिरले एक आत्मघाती गोल गरेका थिए ।

रियाल मड्रिडले यसअघि सन् २०१६ र २०१७ मा पनि फिफा क्लब विश्वकपको उपाधि जितेको थियो । समग्रमा भने रियालले चौथो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको हो । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

Screenshot