Logo

ओली सरकार एकपछि अर्को गरि भ्रष्टाचारमा डुबिरहेको छ : गगन थापा



सोलुखुम्बु, १९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार एकपछि अर्को गरि भ्रष्टाचारमा डुबिरहेको गम्भिर आरोप लगाएका छन् ।

माप्य दुधकोशी गाउँपालिकाको बासामा कांग्रेसद्वारा आयोजित आमसभामा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् । उनले सरकार लोभ र पापमा लिप्त भएकाले जनमुखि निर्णय लिन नसकेको पनि आरोप लगाए ।

थापाले भने,‘सरकार एक पछि अर्को भ्रष्टाचारमा डुब्दैछ। प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन भनेपनि उनका आसेपासे भ्रष्टाचारमा मुछिनुलाई हामीले गफ नठान्ने?’



प्रतिक्रिया दिनुहोस्

Screenshot