Logo

देशभरि कांग्रेसको विरोध हुँदा देउवा किन बाहिर निस्किएनन, यस्तो छ कारण



काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो (सोमबार) देशभरि सरकारको विरोधमा प्रदर्शन तथा विरोध सभा आयोजना गरेको थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा भने विरोध सभामा सहभागी भएनन् ।

देशका ७७ वटै जिल्लामा कांग्रेसले सरकारविरुद्ध नारा, जुलुश तथा प्रर्दशन गर्दा देउवा सहभागी नहुनुलाई रहस्यको रुपमा हेरिएको छ । स्रोतका अनुसार देउवा अस्वस्थ भएर वा अरु कुनै कारणले गर्दा विरोध सभामा सहभागी नभएका होईन् । उनी त प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आन्तरिक सहमतिका कारण विरोध सभामा सहभागी नभएको खुलासा भएको छ ।

डाक्टर गोविन्द केसीको अनशन तोडाउन देउवाले नै पहल गरेका थिए । त्यो पनि प्रधानमन्त्री ओलीकै सहमतिमा । केसीको अनशन तोडाउनुअघि देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ओलीसँग भेटवार्ता गरेका थिए । त्यसपछि पनि उनले ओलीसँग कांग्रेसका केही नेता तथा नेविसंघका अध्यक्षसहित ओलीसँग भेटेका थिए ।

ओली र देउवाबीच केसीको अनशन तोडाउन सहमति हुनुको पछाडि अर्को कारण छ–वाईडबडी खरिद प्रकरणमा देउवाको नाम मुछिनु ।

संसदको सार्वजनिक लेखा समितिले बाहिर ल्याएको प्रतिवेदनमा बहलावाला पर्यटनन्त्री रवीन्द्र अधिकारी, पूर्व पर्यटनमन्त्रीद्धय जीतेन्द्र नारायण देव र जीवन बहादुर शाहीको नाम पनि मुछेको छ ।

देउवाले यसअघि नै वाईडबडी घोटाला प्रकरणमा आफ्नो नाम मुछेर बदनाम गर्न खोजेको भनेर स्पष्ट पारिसकेका छन् । यो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको देउवाले दावी गरिसकेका छन् । उनले वाइड बडी प्रकरणमा आफ्नो संग्लनता नभए पनि आफ्नो चरित्र हत्या गर्नका लागि नाम जोडेर बदनाम गर्न खोजेको आरोप लगाएका थिए ।

२०७४ सालमा आफू प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालयहरु आफ्नो जिम्मा भएपनि त्यसवेला आफुले मन्त्री परिषद्को वैठबबाट पास नगरेको र त्यस वारेमा आफुलाई थाहा नभएको देउवाको दाबी छ ।

वाईडवडी खरिदको टेण्डर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा भएको त्यसपछि प्रक्रियागत रुपमा अगाडी वढे पनि आफुलाई कुनै थाहा नभएको देउवाले बताउँदै आएका छन् ।

यो घटनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष प्रचण्डको संलग्नता रहेको दाबी गर्दै घटनालाई अन्तै मोड्नका आफुलाई मुछेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot