Logo

ईश्वर पोखरेलको प्रशंसा : अध्यक्ष प्रचण्ड बुद्धिमान नेता हो (भिडियोसहित)



काठमाडौं, ४ फागुन । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खुलेर प्रशंसा गरेका छन् ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले भने,”प्रचण्ड भनेको सुझबुझ भएको बुद्धिमान नेता हो । मैले उहाँको प्रशंसा गर्नुको केही पनि कारण छैन, उहाँ जे हो त्यो कुरा मैले भन्नुपर्छ भनेर भनेको हो ।”

तपाईको पार्टी नेकपाभित्र भावी प्रधानमन्त्री प्रचण्ड हो त ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,”मैले १२ बजे बोल्ने कुरा १२ बजे बोल्छु, उठ्नेबित्तिकै ६ बजे नै १२ बजे बोल्ने कुरा बोल्दिन् ।”

आफूले दुवै जना नेतासँग एक्लाएक्लै सोधेको प्रसँग सुनाउँदै अढाई वर्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र अर्को अढाई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्नेबारे कुनै सहमति नभएको पोखरेलले खुलासा गरे । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ५ वर्ष नै मुलुक चलाउने पनि उनले दाबी गरे । उनले भने,”यो त हो नि, हावाको भरमा कुरा गर्नुभएन । प्रचण्ड कमरेडले सरकारको प्रशंसा गरेको र प्रतिरक्षा गरेको नै पाएको छु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot