Logo

ला लिगामा बार्सिलोनाको संघर्षपुर्ण जित, मेस्सीको पेनाल्टी मिस



काठमाडौं, ५ फागुन । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को साँघुरो जित निकाल्यो । बार्साका लागि अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले निर्णायक गोल गरे ।

४३ औं मिनेटमा पेनाल्टी मार्फत एक गोल गरेका मेस्सीले अर्को एउटा पेनाल्टी अवसर भने खेर फालेका थिए । जितपछि २४ खेलबाट ५४ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानको पकड झनै मजबुत पारेको छ ।

ला लिगा फुटबलकै अर्को खेलमा रायो भाएकानोलाई १–० ले हराउँदे एथ्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएका अन्य खेलमा लेभान्तेले सेल्टा भिगोलाई ४–१ ले हराउँदा रियाल सोसिडाडले लेगानेजमाथि ३–० को जित निकाल्यो ।

आईबार र गेटाफेले भने २–२ गोलको बराबरी खेले । स्पेनिस लिग फुटबलमा आज राति रियाल मड्रिड र जिरोना भिड्नेछन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot