Logo

च्याम्पियन्स लिग : बराबरीमा रोकियो बार्सिलोना



काठमाडौं, ८ फागुन । च्याम्पियन्स लिग अन्तरगत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना फ्रेन्च क्लब लियोनसँग गोलरहित बराबरीमा रोकिएको छ।

मंगलबार राति भएको खेलमा लियोनको पोस्टमा २५ वटा प्रहार गरे पनि बार्सिलोना गोल गर्न असफल रह्यो। मेस्सी, लुइस स्वारेज तथा फिलिप कोन्टिन्होको प्रहार लियोनका गोलरक्षक एन्थोनी पोपेजले असफल पारिदिए।

त्यस्तै खेलमा लियोनले पनि गोल गर्ने केहि अवसर बनाएको थियो तर उसले पनि गोल गर्न सकेन। दोस्रो लेग आउँदो मार्च १३ मा नाउ क्याम्पमा हुनेछ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot