Logo

इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड र लिभरपुलको बराबरी



काठमाडौं, १३ फागुन  । म्यान्चेस्टर युनाईटेडसँग बराबरी खेल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् । म्यान्चेस्टर युनाईटेडको मैदानमा सम्पन्न खेलमा दुबै टोलीले केही राम्रा अवसर खेर फालेका थिए ।

उता, साउथ ह्याम्पटनलाई हराउँदै आर्सनल लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा साउथ ह्याम्पटनलाई २–० ले हराउँदै आर्सनल शीर्ष चारभित्र उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि अलेक्जेन्डर लाकाजेट् र हेनरिक मख्तरियानले एक–एक गोल गरे ।

गएरातिका खेलहरुपछि २७ खेलबाट ६६ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ६५ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्यामको ६० अंक छ भने ५३ अंकका साथ आर्सनल चौथो स्थानमा उक्लिएको छ ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot