Logo

अस्पतालले बचाउन कठिन छ भन्दैमा श्रद्धान्जली दिन मिल्छ ?



फागुन १८, काठमाण्डौ । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भिर बनेको छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अधिकारीको स्वास्थ्य निकै गम्भीर र महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताएका छन् ।

उपचार भइरहेको काठमाडौंस्थित ह्याम्स अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दे फोक्सो र मुटुको समस्याका कारण भर्ना भएको र सम्पूर्ण उपचार गर्दा पनि स्वास्थ्यमा सुधार हुन नसकेको जनाएको हो ।

अस्पतालले दिएको पछिल्लो जानकारीलाई वेवास्ता गर्दै सामाजिक संजालमा उनको निधन भइसकेको भन्दै श्रद्धाञ्जली दिन थालिएको छ । त्यति मात्रै होइन, कतिपय अनलाइन संचारमाध्यमले समेत निधन भनेर समाचार प्रकाशन गरिसकेका छन् ।

करिब ५ बजे अस्पतालले पत्रकार सम्मेलनमा गर्दा अस्पताल क्रिटिकल केयर सेवाका संयोजक डाक्टर हेमराज पनेरुले अधिकारीको सम्पूर्ण अंगहरुले काम गर्न छोडेको जानकारी गराएका थिए ।

उहाले अधिकारीको स्वास्थ्य अवस्था आशा मार्नुपर्ने अवस्थामा पुगेको र उहालाई बचाउन सक्ने अवस्था न्युन देखिएको बताउनुभयो । तर धेरैले मृत्यु नै भनेर प्रचार गरे ।

अधिकारीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सभामुख कृष्णबहादुर महरा, कानुनमन्त्री भानुभक्त ढकाल लगाएत अस्पताल पुगेका थिए ।

लामो समयदेखि छातीको संक्रमणबाट पीडित अधिकारीलाइ अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटकपटक दोहोरिएको थियो । पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी अधिकारीलाई उपचार गरिएको थियो । त्यसपछि फेरी उहालाइ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot