Logo

अन्नपूर्ण आरोहणका क्रममा हराएका मेलेसियन नागरिकको उद्धार, मेडिसिटी अस्पतालमा उपचार हुँदै (तस्विरसहित)



काठमाडौं, १३ बैशाख । अन्नपूर्ण प्रथम हिमालको आरोहणका क्रममा हराएका मेलेसियाका ४८ वर्षे वि किन चिनको सिम्रिक एयरको हेलिकप्टरले उद्धार गरेर ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पताल ल्याएको छ ।

अस्पतालकी सञ्चार विज्ञ मनिता पोखरेलले दिएको जानकारी अनुसार उनको अहिले उपचार भैरहेको छ । आठ हजार मिटरभन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर फर्किदा चिन हराएको खबर बुधबार साँझ आएको र बिहीबार उज्यालो हुनासाथ क्याप्टेन सिद्धार्थजंग गुरुङ सिम्रिक एयरको हेलिकोप्टर लिएर खोजीका लागि उडेका थिए ।

हेलिकोप्टर देखेर हात हल्लाइरहेका चिनलाई सिद्धार्थजंगले देखेपछि एयरलाईन्समा खवर गरेको र क्याप्टेन विवेक खड्का नेतृत्वको लङलाइन उद्धार टोलीले उनलाई उद्धार गरको सिम्रिकका मार्के्टिङ हेड योगेश सापकोटाले जानकारी दिए ।

तस्विर सौजन्य : नेपाल मेडिसिटी अस्पताल 



प्रतिक्रिया दिनुहोस्

Screenshot