Logo

माथिल्लो कर्णाली आयोजना सरकारी लगानीमा बन्नुपर्छ



नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना सरकार आफैले बनाउनुपर्ने बताउनुभएको छ । नेकपा अछामले विनायकमा आज आयोजना गरेको सभामा नेता रावलले आयोजना निर्माण गर्न नेपाल सरकारसँग क्षमता भएको दाबी गर्नुभयो ।

आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआर कम्पनीलाई जिम्मा दिन नहुँने रावलको भनाइ छ । नौ सय मेगावाट क्षमताको सबैभन्दा सस्तोमा निर्माण हुने सम्भावना रहेको अपरकर्णाली आयोजना निर्माणको जिम्मा सरकार आफैले लिएर समयमै सम्पन्न गर्नुपर्ने नेता रावलको भनाइ छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको अपर कर्णाली जलविद्युत् आयोजनालाई तत्काल अगाडि बढाउन सरकार अग्रसर रहनुपर्नेमा नेता रावलको जोड छ ।

उहाँले जनताका समस्या समाधानका लागि आपू र आफ्नो पार्टीका नेता कार्यक्रताले जनताको मतको शिरोधार्य गर्दै अधि बढ्ने बताउनुभयो ।जनसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शरदसिंह भण्डारीले अव नेकपाले गाउँ, नगर, वडा तहमा कमिटी विस्तार गर्दै अघि बढ्ने र जनताको साथमै रहने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot