Logo

पुल माथीबाट पिसाव गर्दा कयौ घाइते



काठमाडौ, १० असार । पुल माथीबाट पिसाव गरेका कारण कयौ मानिष घाइते भएको खवर सार्वजनिक भएको छ । घाइतेहरुलाई एम्बुलेन्स मार्फत अस्पताल नै भर्ना गर्नु परेको समाचारमा जनाइएको छ ।

घटना जर्मनीको राजधानी बर्लिनको हो । समाचार श्रोतका अनुसार बर्लिनको एक पुल माथीबाट पिसाव गर्दा तल पानीमा पुल मुनिबाट निस्कदै गरेकोे पर्यटक बोकेको डुङगामा रहेका पर्यटक बिच भागाभाग मच्चिएको थियो ।

कयौ पर्यटकले पानीमा हाम फाले भनै कयौ डुङगामै शरिरमा पिसाव पर्नबाट बाँच्ने प्रयासमा भाग्न खोजे । यो घटना पछि उद्दार टोलीलाई नै बोलाउनु परेको समाचारहरुमा जनाइएको छ ।

घटना गत शनिवारको हो । बर्लिन उद्दार विभागका अनुसार एक ब्यक्तिले जैन्नोवित्जको पुल माथीबाट पिसाव गरेका कारण पुल मुनिबाट निस्किरहेको डुङगामा सवार पर्यटक घाइते भएका हुन ।

घटनामा परि घाइते भएको चार जनालाई तुरुन्त एम्बुलेन्सबाट अस्पताल भर्ना गरिएको छ । प्रहरीले पिसाव गर्ने अज्ञात व्यक्तिमाथी मुद्दा दायर भइसकेको र खोजीकार्य तिव्र पारिएको जनाएको छ । उक्त डुङगामा कुन देशका नागरिक थिए भन्ने खुलाइएको छैन । घटना प्रति सामाजिक संजाल मार्फत कयौ मानिषहरुले आक्रोस जन्य प्रतिक्रिया जनाई रहेका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot