Logo

हिरा चोरेर ल्याउने ‘करोडपति कमिला’ (भिडियोसहित)



काठमाडौं, असार ११ ।सामाजिक सन्जाल युट्युबमा एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जसमा एउटा कमिलाले हिरा बोकर हिँडिरहेको देख्न सकिन्छ । केहि समय पहिले अमेरिकाबाट प्रकाशित हुने पत्रिका ‘न्युयोर्क पोस्ट’मा प्रकाशित समाचार पनि त्यहि विषयसंग केन्द्रीत रहेको थियो ।

हेर्दा रोमाञ्चक लाग्ने उक्त भिडियो छोटै समयमा धेरैले हेरेका छन् । साथै, भिडियोमा थुप्रैले कमेन्ट पनि राखेका छन् । केहीले उक्त घटना हाँस्यास्पद भएको बताएका छन् भने केहीले कमिलालाई विश्वास नगर्ने भनेर लेखेका छन् ।

एक प्रयोगकर्ताले फरक कुरा लेखेका छन्– ‘कसैले हिरा चोरेको हुनसक्छ । र, आरोपचाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ ।’मनोज नारायण नामका प्रयोगकर्ताले हिरा चोर्ने कमिलालाई तालिमप्राप्त भनेका छन् । त्यस्तै, जसवंतले लेखेका छन्– ‘करोडपति कमिला ।’

तर, उक्त खबरमा कमिलाले कहाँबाट कसको हिरा चोरेर ल्याएको र त्यो हिराको अवस्था अहिले के छ भन्नेबारे पनि केही खुलाइएको छैन ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्