Logo

जुम्ल्याहा बच्चाको आमा एउटै, बाबु फरक–फरक



काठमाण्डौं, चैत १७ । महिलाले जम्ल्याहा बच्चालाई जन्म दिनु नौलो कुरा होईन । महिलाले संगै चारवटा सम्म बच्चा जन्माएको खवरहरु बेला बेला संचार माध्ययमहरुमा आई रहन्छन । तर हालै चीनमा घटेको घटनाले भने सबैलाई आर्चाय पारिदिएको छ ।

चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिइन तर पिता फरक–फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक–फरक भएको पत्ता लागेको हो । यस्तो कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् ।

जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए परीक्षणपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा खुल्न आएको छ।

श्रीमानलाई यो विषयको जानकार हुने बित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए । सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरिसकेकी छन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्