Logo

पगरी बाध्न ६ घण्टा, तौल ४५ केजी



काठमाण्डौं, असार १२ । भारतीय नागरिक अवतार सिंह संसारको सबैभन्दा गर्‍हौं पगरी गुथेर हिड्छन् । सिंहले पहिरिने पगरीको तौल ४५ केजी रहेको छ ।

सामाचार श्रोतका अनुसार उनलाई पगरी ओढ्न ६ घण्टा समय लाग्ने गरेको छ । २११५ फिट लामो रहेको सो पगरीलाई १३ वटा पौडी पोखरीसँग दाँज्ने गरिएको छ ।६० वर्षीय पञ्जाबी अवतार सिंहले १६ वर्ष अघिदेघि सो पगरी ओढ्दै आएका छन् ।

सिंहले कुनै दिन पगरी नगुथे केही बिर्सेको जस्तो हुने र आफूलाई गर्‍हौ नहुने वताएका छन् । उनले भने – ण्ज्ञघघम जुन उमेरमा पनि सो पगरी ओढेर हिड्नेछु ।’ पगरी ओढेर हिंड्दा उनले गाडी चढ्न सक्दैनन् ।

सिंहले पहिरेको पगरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेख्न सकिने छ । यसभन्दा अघि मेजर सिंहले ३० केजी तौल भएको पगरी ओढेर हिड्ने गरेका थिए ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्