Logo

भारतबाट तरकारी र फलफूल आयातमा कडाईपछि मूल्यवृद्धि



वीरगञ्ज, १३ असार । भारतबाट आयात हुने तरकारी र फलफूलमा कडाईपछि मूल्यवृद्धि भएको छ । विहारको मुजफ्फरपुरमा लिच्ची सेवनबाट झण्डै दुई सय बालबालिकाको मृत्यु भएपछि सरकारले सीमानाकाहरुमा क्वारेन्टराइन चेकजाँचमा कडाई गरेको छ ।

भारतबाट आयात हुने तरकारी सहज तरिकाले आउन नसकेपछि गोलभेडा प्रतिकेजी एक सय रुपैयाँभन्दा माथि पुगेको छ । अन्य तरकारीको मूल्य प्रतिकेजी एक सयको हाराहारीमा छ । अनार तीन सय प्रतिकेजीभन्दा माथि छ । स्याऊ तीन सय केजी पुगेको छ । भारतबाट आयात हुने फलफूलको मूल्य आकाशिएको हो ।

तरकारी र फलफूलको क्वारेन्टाइन प्रमाणपत्र पाउन नसक्ने तरकारी र फलफूल बोकेका ट्रकलाई नेपाल भित्रन दिइएको छैन । चेकजाँचमा कडाईका कारण मुख्य नाकाहरुमा तरकारी र फलफूल बोकेका भारतीय ट्रकहरु लाइन लागेका छन् । वीरगञ्जमा सयौं ट्रकको लाइन छ । प्रमाणपत्र पाउन नसक्दा र चेकजाँचमा ढिलाई हुँदा तरकारी र फलफूल कुहिन थालेका छन् ।

कतिपय ट्रक एक हप्तायता क्वारेन्टराइन प्रमाणपत्र पाउने पर्खाइमा छन् । प्रमाणपत्र पाउन नसक्नेहरुलाई फर्काइएको छ । नेपाल प्रवेश गर्न नपाएका ट्रकहरुले सस्तो मूल्यमा सामान रक्सौलमै बेचेर फर्किने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्