Logo

नेपाल भारतभन्दा खुशी देश



नेपालको भन्दा भारतको वार्षिक कुल ग्राहस्थ उत्पादन एक सय गुणाले बढी छ । तर, भारतभन्दा नेपाल खुशी देशहरुको सूचीमा ४० औं स्थानले माथि छ ।

सन् २०१८ मा भारतको वार्षिक जीडीपी २८ अर्ब डलर हुँदा भारतको २७ खर्ब डलर छ । आर्थिक रुपमा कमजोर भएपनि नेपाल भारतभन्दा सँसारको खुशी देशको सूचीमा माथि छ । स्वतन्त्रता र सामाजिक साथमा मजबुत छ ।

नेपालीहरुको स्वस्थ जीवन बाँचिरहेका छन् । विश्वको धनी देशको सूचीमा पाचौं स्थानमा रहेको भारतभन्दा नेपालकीहरुको सरदय आयु बढी छ । नेपालीहरु भारतीयको तुलनामा स्वस्थ जीवनयापन गर्छन् ।

वल्र्ड हेपिनेश रिपोर्ट २०१९ मा सँसारको खुशी देशहरुमा नेपाल १०० औं स्थानमा हुँदा भारत १४० औं देशमा छ । नेपालको स्वस्थ जीवनयापनको अवस्था राम्रो छ । भारत १०५ औं स्थानमा हुँदा नेपाल ९५ औं स्थानमा छ ।

सामाजिक साथको सूचीमा भारत १४२ औं स्थाानमा हुँदा नेपाल ८७ औं स्थानमा छ । नेपालको सामाजिक परिवेश भारतको भन्दा सहयोगी छ । सामाजिक साथमा नेपाल भुटान र श्रीलंकापछि दक्षिण एशियामा उत्कृष्ट सूचीमा पर्छ । र प्रति व्यक्ति आयमा नेपाल सँसारका कमजोर मुलुकहरुको सूचीमा पर्दछ ।

भारतमा भन्दा नेपालमा कम भ्रष्टाचार हुन्छ । भ्रष्टाचार बढी हुने देशहरुमा नेपाल ६५ औं स्थानमा रहँदा भारत ७३ औं स्थानमा छ ।

भारतको भन्दा नेपालमा उदारता बढी छ । उदारताको सूचांकमा नेपाल ४६ औंंं र भारत ६५ औं स्थानमा छ ।

नेपालीहरुको सरदर आयु ७०.९ वर्ष र भारतीयहरुको ६९ वर्ष छ । भारतमा भन्दा नेपालमा मृत्युदर कम छ ।



प्रतिक्रिया दिनुहोस्