Logo

अर्वाे रकम झ्वाम पारेर भागिन दुबईकी राजकुमारी



काठमाडौं, १६ असार । दुबईका राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती राजकुमारी हया बिन्त अल हुसैनले देश छाडेर भागेको खर्वर अहिले सर्वत्र चर्चामा छ। अरवपति राजकुमारबाट करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँ लिएर उनी भागेकी छन ।त्यति मात्र होईन ११ बर्षिय जलिला र ७ बर्षिय जायेद नाम गरेका दुई बच्चा लाई पनि साथ मै लिएर भागेको समाचारमा उल्लेख गरिएको छ।

राजकुमारी हया लण्डनमा लुक्दै आएकी थिइन । उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । समाचारमा जनाएअनुसार हया दुबईबाट भाग्नुअघि जर्मनी गएकी थिइन् । त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेदन तलाक मागेकी थिइन् ।

अहिले राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाएको छ । जर्मनले नै उनलाई भाग्न मद्दत गरेको समाचारमा जनाएको छ । यदि, जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने दुबईले बताएको छ । यसैबीच राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नो पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन् । तर, जर्मनी अधिकारीहरूले उनको अनुरोध अस्वीकार गरिदिएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot