Logo

भारतीय अभिनेत्री, जो अभिनयका साथसाथै अटो चलाउँछिन



काठमाडौं । “यदि तपाई दिलबाट केही कुरा चाहनुहुन्छ भने तपाईलाई भगवानले त्यो पूरा गराएरै छाड्छन।” यो डाईलग भारतीय फिल्म ओम शान्ति ओमबाट लिईएको हो । जुन फिल्ममा शाहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका छ । अब यो फिल्मी डाईलग मुम्बईको मुलण्ड ईलाकामा बस्दै आएकी २८ वर्षीया लक्ष्मी निवृत्ति पंधेसँग मेल खान्छ ।

लक्ष्मीको पनि बाल्यकालमा फिल्म अथवा टिभी सिरियलमा काम गर्ने सोख थियो । बाल्यकालमा आफ्नो घरमा टिभी नहुँदा उनी छिमेकीको घरमा घरायशी काम गर्थिन । र, त्यहाँ टिभी हेर्थिन । टिभी हेर्नकै लागि पनि उनी छिमेकीको घरमा काम गर्न जान्थिन् । टिभीमा बलिउडकी खुब सुरती नायिका माधुरी दीक्षित र श्रीदेवीको गाना बज्नासाथ उनीपनि सँगसँगै नाँच्थिन् । बच्चाको यही सोख कहिले उनको सपना बन्यो भन्ने कुरा उनले थाहै पाईनन् ।

सपना र घरको जिम्मेवारी

लक्ष्मीको परिवारमा दुई ठूला दिदि र एक जना दाजु छन् । उनी सबैभन्दा कान्छी हुन् । विरामी बहिनी र आमाको ख्याल उनै लक्ष्मीले नै सम्हाल्दै आएकी थिईन् । घरमा आमालाई साथ दिनको लागि उनले आफ्नो पढाई पनि छोडेकी थिईन । आठ कक्षा पढेपछि उनी कामको लागि अरुको घरमा जान्थिन् । आफ्नो जीवनको कठोर सच्चाईको जान्दाजान्दैपनि लक्ष्मीले आफ्नो बाटो आफैं तय गरिन् । यो समाचार बिबिसी हिन्दीले छापेको छ ।

उनलाई राम्रोसँग थाहा थियो–कि उनको जीवनमा कोहीपनि गडफादर थिएन । र, न उनको लुक्स कुनै हिराईनजस्तो नै थियो । अभिनयनका साथसाथै उनले परिवारको पालनपोषणको लागि अटो रिक्सा पनि चलाउने गर्थिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot