Logo

रिमा विश्वकर्माको घोषणा : अर्को विवाह गर्छु (भिडियोसहित)



काठमाडौं, २१ असार । चर्चित नायिका रीमा विश्वकर्मा अर्को विवाह गर्ने तयारीमा जुटेकी छिन् । शनिबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका विश्वकर्माले आफूले अर्को विवाह गर्न सक्नेबारे खुलासा गरेकी हुन् ।

धमलाले हाक्काहाक्की तपाईको विवाह हुने सम्भावना कत्तिको छ भनि प्रश्न तेर्साएपछि रिमाले पनि सिधासिधी जवाफ फर्काईन् । उनले भनिन्, “छ नि । भोलि कसले देखेको छ र ? विवाह हुन्छ नै भनेर म ग्यारेन्टी दिन सक्दिन् । तर, त्यो सम्भावना छ ।”

धमला त्यतिमात्रै रोकिएनन । उनले अर्को प्रश्न तेर्साए, विवाहको लागि तपाईको नजरमा कोही युवक परेको छ ? जवाफमा रिमाले भनिन्,”साँच्चै भन्नुपर्दा अहिले मेरो प्राथमिकतामा करियर नै परेको छ । त्यो हिसाबले अहिले हालसाललाई चाहीँ छैन ।”

रिमाको पहिलो विवाह लण्डन बस्ने नेपाली युवा रोबट विश्वकर्मासँग भएको थियो । तर, उक्त विवाह धेरै वर्ष टिक्न सकेन । उनीहरु डिभोर्स दिन बाध्य भएका थिए । त्यसयता रिमाले अब विवाह नगर्ने घोषणा गर्दै आएकी थिईन ।

रिमाले आफूले नियमित व्यायाम गर्ने गरेको पनि सुनाईन् । तर, कति घण्टा एक्सरसाईज गर्ने भन्ने कुरा खाना कति मात्रामा खाएको छ सोहीअनुसार मात्रै गर्ने गरेको पनि उनले स्पष्ट पारिन् । उनले आफू खानामा निकै कन्सियस रहेको पनि खुलासा गरिन् । सकभर घरमै पकाएको स्वस्थकर खानामा आफ्नो बढि ध्यान हुने गरेको पनि उनले जनाईन् ।

उनले भनिन्,”जस्तो म सुपहरु धेरै खान्छु । फलफुल पनि नियमित लिन्छु । भेजिटेवलमा म केन्द्रित हुन्छु । म माछामासु चाहीँ धेरै कम खान्छु ।” अहिलेको चलेको नायिकाहरुमध्ये तपाई सबैभन्दा राम्री नायिका हो भनेर ? पत्रकार धमलाले सोधेको प्रश्नमा उनले आफू सबैभन्दा राम्री हुँ भनेर दाबी नगर्ने तर राम्रीमध्येमा पर्ने स्पष्ट पारिन् ।

आफ्नो दिनाचार्य शारिरीक व्यायाबाट सुरु हुने रिमाको भनाई छ । तर, कहिलेकाहीँ उनी मानसिक एक्सरसाईजमा पनि उतिकै व्यस्त हुन्छिन् ।उनले आफू कलाकार भएकोले पेशा नै कलाकारिता भएको सुनाउँदै भोलि के बन्ने भन्ने कुरा कसैले नदेखेको बताईन् । राजनीतिमा जानपनि सक्ने सम्भावना रहेको उनको भनाई छ ।

उनले भनिन्,”भोलिको दिन कसले देखेको छ र ? भोलि ऋषिजीले चलचित्रमा अभिनय गर्नुहँदैन भनेर कसैले देखेको छ र ? त्यसैले म पनि राजनीतिमा जानेबारे सम्भावना छ । सम्भवना जे चिजको पनि हुनसक्छ । के बन्ने भन्ने कुरा यो त पछिको कुरा हो । सबैभन्दा पहिले अहिलेको लागि चाहीँ म कुशल कलाकार बन्न चाहन्छु ।”

पत्रकार धमलाले झैं आफूले पनि यो देशमा महिला प्रधानमन्त्री भएको हेर्न चाहेको रिमाको भनाई छ । उनले भनिन्,”म यो पदको लागि योग्य छु की छैन भन्दापनि योग्य महिला नेतृले प्रधानमन्त्रीको पद पाउनुपर्छ । नेपालमा पनि देश हाँक्नसक्ने महिला नेतृहरु हुनुहुन्छ ।”



प्रतिक्रिया दिनुहोस्