Logo

डाइपरभित्र सुन पोको पारेर ल्याउने तस्कर समूह



काठमाडौं, २३ असार । डाइपरभित्र सुन पोको पारेर ल्याउने तस्कर समूहलाई प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं उडानबाट आएका एकजना र सामान लिन पुगेका दुईजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलबाट पक्राउ गरिएको हो ।

२२ असारमा पक्राउ परेकामा दोहा हुँदै सुन ल्याउनेमा मोरङ कानिपोखरीका लिलाबहादुर बस्नेत छन् । प्रहरीले सामान लिन आएका गोरखा पालुङटारका २७ वर्षीय रुपेश गिरी र २६ वर्षीय टेकबहादुर थापालाई पक्राउ गरेको छ ।

शुरुमा बस्नेतको झोला खानतलासी गर्दा उनको साथबाट बच्चाको ड्राइपरको बनटभित्र मेशनिले प्याक गरी स-साना रिङ बनाइएको सुन भेटिएको थियो । एक सय ७५ पिस सुनका रिङ र ५० ग्राम सुनको बाला डाइपरको बटनभित्र भेटिंदा प्रहरी नै छक्क परेको थियो ।

बस्नेत पक्राउ पछि सामान लिन आएकाबारे सूचना मिलेपछि बाँकी दुईजनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु सुन तस्करका सदस्य हुन् या कसैले प्रयोग गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot