Logo

धनगढीका मेयरबाट आयो ‘रेडलाईट एरिया’को योजना



काठमाडौं, २५ असार । समाजमा महिला हिंसाका घटना बढि रहेको बेला धनगढी उप–महानगरपालिकाका मेयर नृपवहादुर वडले बलत्कार जन्य घटना प्रति चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि रेडलाईट एरिया बनाउनुपर्ने धारणा राखेका छन्।

धनगढीमा आयोजित विस्तारीत यौनिकता शिक्षा सम्वन्धीको गोष्ठीको उद्धघाटन कार्यक्रममा मेयर वडले उक्त धारणा ब्यक्त गरेका हुन ।

रेडलाइट एरियाका लागी तिनै तहका सरकारले सोच्नुपर्ने बेला आएको बताउँदै मेयर वडले अव सो बारेमा बहस हुन आवश्यक रहेको बताए।

उनले बलत्कारका घटना बढ्दै गएकाले यस्ता घटना न्यूनीकरणका लागि छुट्टै रेडलाइट एरिया पनि उपयुक्त हुने धारणा राखेको जनाइएको छ ।

अवैध रुपमा सञ्चालन भईरहेको यौन व्यवसायसंगै महिलामाथिका यौन हिसां समेत रेडलाइट एरियाले नियन्त्रण गर्न सक्ने मेयर वडको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot