Logo

सेना, प्रहरी नभएका देश



काठमाडौं, साउन ९ । विश्वमा कतिपय यस्ता देश छन् जुन सेना तथा प्रहरीविना पनि सुरक्षित चलिरहेका छन् । यीमध्ये केहि देश भौगोलिक तथा जनसंख्याका हिसावले साना छन्, र केही देशको सुरक्षा जिम्मेवारी अन्य देशले समेत लिएका छन् ।

१। कोस्टारिका – प्रहरीविना चल्ने सबैभन्दा ठुलो देश हो कोस्टारिका । सन् १९४८ देखि यस देशमा कुनै पनि प्रकारका सेना छैनन् । सन् १९४८ मा यहाँ गृहयुद्ध चलेको थियो । सो समयमा यहाँको सेनाको प्रणाली ध्वस्त गरियो । अहिले यहाँको आन्तरिक मामिला हेर्ने सानो प्रहरी बल छ ।

२। डोमिनिका रिपव्लिक – यो पुर्वी युरोपियन देश हो । सन् १९८१ देखि यहाँ आर्मी छैनन् । यहाँका जनता आफैले आर्मी शासनलाई हटाइदिएका हुन् । त्यसपछि यस देशमा आर्मीको अस्तित्व नै रहेन । तर आन्तरिक मामिला हेर्ने प्रहरी बल भने कायम छ ।

३। आइसल्याण्ड – विश्वमा आर्मी तथा प्रहरी नभएको देश भनेर चिनिने आइसल्याण्डको नाम सबैले सुनेकै हो । यो देशमा सन् १८६९ देखि कुनै सेना प्रहरी छैनन् । यो नाटोको सदस्य राष्ट्र हो । यसको सुरक्षाको जिम्मेवारी अमेरिकाले लिएको छ ।

४। म्यारिसियस – यो दक्षिण अफ्रिकी मुलुक हो । यहाँ सन् १९६८ देखि कुनै सेना छैनन् । बहुसांस्कृतिक सम्पदाले सम्पन्न यो देशमा १० हजार प्रहरी कामदार रहेका छन्, यिनै प्रहरीले सैनिक सुरक्षा दिन्छन् ।

५। मोनाक्को– पश्चिम युरोपियन देश मोनाक्को समुद्रसंग जोडिएको छ । स्थापनाकाल देखि नै यस देशमा कुनै सेना छैनन् । मोनाक्को युरोपियन युनियनको सदस्य राष्ट्र समेत हो । सानो प्रहरी बलले यहाँको राजकुमारको सुरक्षा गर्छ । र देशको सुरक्षा भने फ्रान्सले गर्छ ।

६। पनामा – यो दक्षिण अमेरिकी देश हो । १९९० देखि यहाँ कुनै सेना छैनन् । तर यहाँ एउटा सानो सुरक्षा बल छ, जसले आन्तरिक तथा सिमा सुरक्षा दिन्छ ।

७। सोलोमोन आइसल्याण्ड – ठूलो गृह युद्ध पश्चात यो देशमा अहिले कुनै सेना छैन।

८। ग्रेनाडा-  स्पेनसंग जोडिएको यो युरोपियन देश हो । यो देशमा सबैभन्दा बढि दक्षिण अमेरिकी आप्रवासी रहेका छन् । अमेरिकाको कारण सन् १९८३ देखि यहाँ कुनै सेना छैनन् ।

९। भ्याटिकनसिटी-  विश्वमा सबैभन्दा सानो देश भनेर चिनीने भ्याटिकनसिटीमा सन् १९७० देखि न कुनै सेना छन् नत प्रहरी नै । यसलाई क्याथोलिक धर्मगुरु पोपको घर भनेर पनि चिनिन्छ । इटालीसंगै जोडिएको भ्याटिकनसिटी युरोपियन देश हो ।



प्रतिक्रिया दिनुहोस्