Logo

विद्युतीय बसको इजाजतका लागि जब प्रधानमन्त्रीले चेतावनी दिए…



काठमाडौं । विद्युतीय बस सेवा संचालनका लागि अन्तिम तयारी भइरहँदा सरकारकै विभिन्न निकायबाट अवरोध सृजना भयो । विद्युतीय यातायातलाई रोक्न लागिपरेकाहरुले कर्मचारीलाई समेत प्रभावमा पारेपछि त्यसको सूचना प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुग्यो ।

ओलीले बालुवाटारबाट सरकारका जिम्मेवार कर्मचारीहरुलाई चेतावनीको शैलीमा भने, “म सिंगापुरबाट फर्केर आउँदा विद्युतीय यातायातको उद्घाटन गर्न पाउनुपर्छ ।” ओलीले कुनै बहाना सुन्न नचाहेको स्पष्ट पार्दै उदघाटन गर्न नपाए कडा कदम चाल्ने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीको कडा चेतावनीपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय देखि विभिन्न सरकारी निकायमा अड्किएको फाइल खुल्यो । सुन्दर यातायातले विद्युतीय यातायात संचालनको अनुमति पायो ।

विद्युतीय यातायातमा अवरोध खडा गर्न चौतर्फी चलखेल भएको र अवरोध पार गर्न प्रधानमन्त्री ओलीको साथ लिनुपरेको खुलासा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले रिपोर्टर्स क्लब नेपालमा गरे । १७ साउनमा रिपोर्टर्स क्लब नेपालमा बोल्दै अवरोध फुकाउन प्रधानमन्त्री ओलीले ठाडो निर्देशन दिएको खुसाला गरे । यातायातविरुद्ध निकै षड्यन्त्र भएको र अन्तमा जित हासिल गरिएको बताए ।
विद्युतीय यातायातलाई असफल बनाउन धेरै तिरबाट चलखेल भएपनि सुन्दर यातायात सक्रिय भएर सफलता हासिल गरिछाड्यो ।


सुन्दर यातायातले अब यातायात संचालन गर्ने निश्चित भएको छ । उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटनका लागि निम्तो समेत दिइसकेको छ । काठमाडौं उपत्यकाभित्र विद्युतीय सार्वजनिक यातायात संचालनमा आउने भएको छ । सम्भवतः साउनको अन्तिम हप्ता या भदौको पहिलो हप्ताबाट बस सेवा संचालनमा आउनेछ । Photo: Reporters Club Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot