Logo

राजदुत पुरीद्वारा जम्मु कश्मिर घट्नाबारे मन्त्री ज्ञवालीलाई जानकारी



काठमाडौं, २३ साउन । नेपालका लागि मित्रराष्ट्र भारतका राजदुत मञ्जिव सिंह पुरीले आज परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई भेट गरेका छन् । उनले भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र जम्मु कश्मीर घटनाबारे औपचारिक जानकारी गराएका छन् ।

बिहीबार मन्त्रालयमा पुगी राजदुत पुरीले भारत सरकारको उक्त कदमबारे जानकारी गराएका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी राष्ट्रले आफ्ना मुलुकमा भएका घटनाको बारेमा जानकारी गराउनु सामान्य भएको प्रतिक्रिया दिएका छन् ।

भारतको संविधानमै जम्मू कश्मीरलाई दिएको विशेष अधिकार हटाउने निर्णय केही दिनअघि सरकारले गरेको थियो । राष्ट्रपतिले त्यस्तो निर्णय कश्मीरको विधान सभाको सहमतिमा मात्र गर्न सक्ने व्यवस्था संविधानमा छ । त्यस्तै, भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्रालयमा बोलाएर परराष्ट्र सचिवले घटनाबारे जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot