Logo

काठमाडौं–निजगढ द्रुत मार्गको डीपीआर स्वीकृत, अब सेनाले निर्माण थाल्ने



काठमाडौं ४ भदौ । सरकारले काठमाडौं–निजगढ फास्ट ट्र्याक निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ ।

तीन दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डीपीआर स्वीकृत गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । ‘डीपीआर स्वीकृत भएको छ, अब फास्ट ट्र्याक निर्माणको बाटो खुल्यो,’ स्रोतले भन्यो, ‘सेनालाई काम गर्न सजिलो भयो ।’

गत असोजमा नेपाली सेनाले दक्षिण कोरियाको सुसुङ इन्जिनियरिङ कम्पनी लिमिटेडलाई ६ महिनाभित्र डीपीआर तयार गर्ने जिम्मा दिएको थियो । सुसुङले फागुनमा रेखांकन, सडकको ढाँचा, लागत अनुमान, वातावरणीय प्रभाव मूल्यांकनसमेतको विश्लेषणका आधारमा निर्माणसम्बन्धी सबै क्रियाकलापसहितको डीपीआर बुझाएको थियो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot