Logo

सुडानकाण्डमा एपीसी खरिदका एजेन्ट भारती पक्राउ



काठमाडौं । सुडानकाण्ड भनी चर्चित घटनाका दोषीमध्येका शम्भु भारती पक्राउ परेका छन् । प्रहरीले भारतीलाई १३ भदौको विहान उनकै निवासबाट पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले नेपाल प्रहरीको युएन मिसनलाई आवश्यक सैन्य सामाग्री बोक्ने गाडी एपीसी खरिदमा दोषी ठहर गरेकामध्ये पूर्व आइजीपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द्र ठकुरी कारागार गइसक्दा भारतीय भने फरार थिए । तिव्र खोजीमा परेका भारतीलाई पक्राउ गरेको पुष्टि नेपाल प्रहरीले गरेको छ । फैसला कार्यान्वयनको पत्रपछि उनलाई सीआइबीको टोलीले पक्राउ गरेको थियो ।
एपीसी खरिदको एक दशक बितेपनि अख्तियारले दायर गरेको मुद्दामा सर्वोच्चले केही वर्ष अघि फैसला गरेपछि घटनामा दोषी ठहरिएकाहरु जेल जानुपरेको थियो । एपीसी खरिदमा पुरानो र कच्चा सामान सुडान पुगेपछि विदेशमा समेत देशको प्रतिष्ठामा आँच आउने अवस्था बनेको थियो । त्यसपछि छानविन हुँदा २९ करोड भ्रष्टाचार भएको ठहर भयो । घटनामा दोषी ठहरिएकाबाट बिगो जरिवानासहित जेल सजाय तोकिएको थियो ।

सुडान घोटाला मुद्दामा दोषी ठहर भएका शम्भु भारती पक्राउ परेका छन् । प्रहरीले बिहान सात बजे उनलाई निवासबाटै पक्राउ गरेको हो । सर्वोच्च अदालतले सुडान घोटाला मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित भारतीलाई पनि दोषी ठहर गरेको थियो ।

भारती ठेकेदार कम्पनीका नेपाली प्रतिनिधि हुन् । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसएसपी रामदत्त जोशीले भारतीलाई बिहान पक्राउ गरिएको जानकारी दिए । भारतीलाई एकवर्ष कैद विगो तथा जरिबानाको फैसला गरिएको थियो । सुडान मिसनमा २९ करोड भ्रष्टाचार गरिएको अख्तियारको ठहर थियो । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र सिंहले भारती पक्राउ परेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot