Logo

सुनकाण्डमा सफाई पाएका एसपी खनाल बारा सरुवा (एसपी सरुवाको सूचीसहित)



काठमाडौं । ३३ किलो सुनकाण्डमा मुछिएर अदालतको आदेशले सफाई पाएका एसपी विकासराज खनाल बाराको प्रहरी प्रमुखमा सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले १३ भदौको मध्यराति गरेको सरुवा अनुसार खनाल बारामा खटाइएका हुन् ।

यसअघि खनाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा थिए । ३३ किलो सुनकाण्डमा अनुसन्धानका लागि पक्राउ परेका उनीसहितका प्रहरी अधिकारीहरु निलम्बन फुकुवापछि काममा फर्किएका थिए ।

आफ्नो ब्याचीमध्ये पहिलो वरियतामा रहेका एसपी सानुराम भट्टराई बाराबाट अख्तियारमा सरुवा भएका छन् । रुपन्देही प्रहरी प्रमुखबाट हृदय थापाले प्रबन्ध शाखाको जिम्मेवारी पाएका छन् । रुपन्देहीमा हेमकुमार थापा सरुवा भएका छन् । सन्तोष खड्काले विशेष ब्युरोमा सरुवा पाएका छन् श्यामकृष्ण अधिकारी पाल्पाबाट महोत्तरीमा सरुवा भएका छन् ।

शारदाप्रसाद चौधरी, संघीय प्रहरी एकाई कार्यालय काभ्रे, लोकेन्द्र श्रेष्ठ कैलाली ट्राफिक प्रहरी कार्यालय, रामेश्वरप्रसाद यादव कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय, राजेन्द्रसिंह खड्का जिल्ला प्रहरी कार्यालय गुल्मी, राजन अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, रमेशकुमार बस्नेत दंगा नियन्त्रण प्रहरी गण सुनसरी, मुकुन्द मरासिनी नक्शाल, माधवप्रसाद श्रेष्ठ सशसत्र प्रहरी गण कोहलपुर, मनोजकुमार यादव १ नम्बर प्रदेश प्रहरी, भोलाबहादुर रावल कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण, बेलबहादुर पाण्डे प्रदेश सशस्त्र प्रहरी गण जनकपुर, वीरेन्द्रकुमार बस्याल लागू औषध नियन्त्रण ब्युरो र वीरबहादुर ओली जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी बिमल बस्नेत, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय तनहुँ बिनोद घिमिरे, राष्ट्रिय सुरक्षा परषद विद्यानन्द माझी, प्रहरी प्रधान कार्यालय कार्य विभागमा बसन्त रजौरे, प्रज्वल महर्जन जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक, ट्राफिक प्रहरी कार्यालय मुग्लिङ प्रकाश रानाभाट, ५ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवलमा नान्तीराज गुरुङ सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङमा नवराज भट्ट, प्रहरी युक्ति तालिम महाविद्यालय नबिनराज राई, दिल्लीराज पन्त जिल्ला प्रहरी कार्यालय सुर्खेत, दिलिप सिंह देउवा जिल्ला प्रहरी कार्यालय डोटी, दिपेन्द्र घर्ती क्षेत्री प्रदेश प्रहरी कार्यालय मकवानपुर, दिपककुमार बस्नेत जिल्ला प्रहरी कार्यालय गुल्मी, दिप शम्शेर जबरा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, डा. मेखबहादुर खत्री गण्डकी प्रदेश दंगा नियन्त्रण गण, जनक भट्टराई जिल्ला प्रहरी कार्यालय दाङ र गंगा पन्त युएन जगेडा नक्शालमा सरुवा भएका छन् ।

यसैगरी, केदार रजौरे नक्शाल जगेडापुल, कृष्णहरी शर्मा पोखरेल मानवअधिकार उल्लंघन अनुगमन इकाई नक्शाल, कृष्णबहादुर पल्ली मगर प्रदेश सशस्त्र प्रहरी गण नम्बर ३ हेटौंडा, कृष्ण प्रसाईं जिल्ला प्रहरी कार्यालय सप्तरी, किसन सिंह थापा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, किरण राणा महानगरीय सशस्त्र प्रहरी गण, कमल थापा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, ओमप्रसाद अधिकारी जिल्ला प्रहरी कार्यालय गोरखा, उपाशंकर पञ्जियार गण्डकी प्रदेश प्रहरी, इश्वर कार्की अन्वेषण योजना तथा विकास शाखा, अरुण पौडेल ३ नम्बर प्रदेश प्रहरी कार्यालय, अबिनारायण काफ्ले जिल्ला प्रहरी कार्यालय नुवाकोट, अनुराग कुमार द्धिवेदी महानगरीय दंगा नियन्त्रण गण, अच्युतप्रसाद पुडासैी युएन जगेडामा सरुवा भएका छन् ।



प्रतिक्रिया दिनुहोस्