Logo

यामाहा महा–एक्सचेन्ज मेला शुरु, यस्ता छन सुविधा (फोटोफिचर)



काठमाडौं । याामाहा एक्सचेन्ज मेला राजधानीमा आजदेखि सुरु भएको छ । भृकुटिमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मेला भदौ १९ गतेसम्म सञ्चालन रहने छ ।मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले सयुक्त रुपमा गरेका छन ।

मेलामा कुनै पनि ग्राहकले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटर दिएर बजार मुल्याङकनको सबै भन्दा उच्च २० हजार रुपैयाँ अतिरिक्त ग्यारेन्टीका साथ नयाँ ब्राँण्डको यामाहामा आफ्नो स्तरोन्नति गर्न सकिने जनाइएको छ ।

मेलामा एक लाख सम्मको समानमा छुट,स्थलगत फाइनान्सको सुविधा र रेष्ट राइड सहित विभिन्न सुविधा रहेको कम्पनीले जनाएको छ । उक्त महा– एक्सचेन्ज मेला अन्र्तगत सेलिब्रेटि वाक इन, लाइसेन्स ट्राइल सित्तैमा, टेस्ट राइड हाँक्ने प्रतिस्पर्धा, डोर प्राइजर फूड स्टल सहितको अनुभव लिन सकिने छ ।एक्सचेन्ज कारोबारका अलवा निःशुल्क वाइक धुने, निःशुल्क परिक्षण क्याम्प सेवा पनि लिन सकिने जनाइएको छ ।

फोटोःमार्टिन मास्के/reportersnepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot