Logo

यस्तो थियो विक्रम ल्यान्डर अवतरण गर्ने योजना (भिडियोसहित)



भारतले चन्द्रयान २ को ल्यान्डर विक्रमलाई यसरी अवतरण गर्न खोजेको थियो । यसको योजना समेत एनिमेशनमार्फत् सार्वजनिक गरेको थियो ।

भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इसरोनले सार्वजनिक गरेको योजना मुताबिक चन्द्रयान २ बाट अलग्गिएर चन्द्र सतहतर्फ विक्रम ल्यान्डर अगाडि बढ्छ । यसले गति कम गर्दै चन्द्र सतहको नजिक पुग्छ । सिधा अवस्थामा रहेर अवतरण गरेपछि ढोका खुल्छ र प्रग्यान रोभर झर्छ ।

भारतको यो योजना भने असफल भइसकेको छ । चन्द्र सतहमा अवतरण गर्नुभन्दा ठिक २.१ किलोमिटर दूरीमा विक्रम ल्यान्डर सम्पर्क बाहिर गयो । विक्रम ल्यान्डर हरायो । अहिले ल्यान्डरबारे जानकारी प्राप्त भएको छ । यो चन्द्र सतहमा रहेको छ र सम्पर्कको प्रयास भइरहेको इसरोनले जनाएको छ ।

यान एउटै ढिक्कामा छ । यसमा सोलार प्यानल भएकाले ऊर्जा संकलन गरी ब्याट्री चार्ज पनि गर्न सक्छ । तर, सम्पर्क नभएसम्म यसको कुनै अर्थ हुनेछैन ।

हेर्नुहोस्ः भिडियो



प्रतिक्रिया दिनुहोस्

Screenshot