Logo

सहकारी चोर सेफ सहित पक्राउ



काठमाडौं, १ असोज । सहकारीको सेफ चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका ४ ठेगाना भएका सुनिल थापा मगर र सोही गाउँपालिका ७ ठेगाना भएका दानबहादुर थापा मगर रहेका छन् । उनीहरुले काठमाडौं महानगरपालिका ३२ पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट २५ भदौमा चोरी गरी लगेको सेफ सहित ३० भदौमा काँडाघारीबाट प्रहरीले पक्राउ गरेको हो ।

उक्त सहकारी संस्थाबाट फलामको ८५ केजी तौलको सेफ तथा उक्त सेफमा रहेको नगद ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ र विभिन्न व्यक्तिका कागजात लगायतका महत्वपूर्ण सामान चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई खोजी गर्ने क्रममा सुनिल र दानबहादुरलाई उक्त चोरी गरी लगेको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल एक थान र नगद ५३ हजार रुपैयाँ सहित महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot