Logo

कांग्रेस छोडेकी उर्मिलाको अब यात्रा कता



बलिउड अभिनेत्री तथा राजनीतिज्ञ उर्मिला मातोंडकरले राजनीतिबाट राजीनामा दिएकी छिन् । अभिनेत्री बाट राजनीति पार्टी कांग्रेसमा प्रवेश गरेकी उर्मिलाले राजनीति छोडेकी हुन् । उनले अब कुनै राजनीति पार्टीमा प्रवेश नगर्ने जनाएकी छिन् । उनले हल्लाको भरमा आफु र पार्टीलाई प्रभाव पर्ने कुरा नगर्न मिडियालाई अनुरोध गरेकी छिन् ।

कांग्रेसबाट बाहिरीए पछि उर्मिला उद्धव ठाकरेको निजी सहायकसँगै पार्टीका सेक्रेटरी मिलिन्द नार्भेकरसँग सम्पर्कमा रहेको हुँदा शिवसेनामा सामेल हुने खबरमा आएको जनाइएको छ ।

पार्टीमा सम्मिलित भएको करिब ६ महिनापछि सेप्टेम्बर १०, २०१९ मा उनले “सानो घरभित्रको राजनीति” गरेको कारण कांग्रेसबाट राजीनामा घोषणा गरेकी थिइन् । बीजेपीको गोपाल शेट्टीको बिरूद्ध मुम्बई उत्तर लोकसभा सीटबाट उनीले आफ्नो पहिलो चुनाव लडेकी थिइन् । तर, उनी असफल भइन् ।

अर्को महिना महाराष्ट्रमा विधानसभा चुनाव हुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot