Logo

राष्ट्रपतिलाई कालोझन्डा देखाउनेलाई ‘अभद्र व्यवहार’ मुद्दा



काठमाडौं ३ असोज । इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका ६९ मध्ये १० जनालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाउने तयारी गरेको छ ।

पक्राउ परेकामध्ये ५१ जनालाई रिहा गरेको छ ।

अनिल बस्नेत, नारायण अर्याल, हरिनारायणप्रसाद शाह, राजेश तामाङ, रघुराज राजभण्डारी, माधव गुरागाईं, कृष्ण खड्का, पारुहाङ उजुमी राई, कविरसिंह बस्नेत र रविन्द्र कार्की प्रहरी हिरासतमा छन् ।

१० मध्ये ४ जनालाई सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ । रिटको सुनुवाई गर्दै सर्वोच्चले तीन दिनभित्र पक्राउ परेकालाई अदालतमा हाजिर गराउन आदेश दिएको छ । बाँकी ६ जनालाई बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएको सम्पदा संरक्षण अभियन्ता सिर्जना वाग्लेले जानकारी दिइन् । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot